काठमाडौँ उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

काठमाडौँ – काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज देशभर आज १२ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।