थप १२ सय २८ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा आज थप १२ सय २८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ सय २८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४२ हजार ८७७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९१७ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।