गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुग्यो

काठमाडौँ –गण्डकी प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ४० पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज जारी गरेको प्रेस बिज्ञप्ति अनुसार स्याङजाका १२ जना र नवलपरासी (पूर्व)का आठ जनामा कोरोना सङक्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा स्याङजाको अर्जुनचौपारी गाउँपालिकाका ७ वर्षका तीन जना बालकसहित ३०, ३१, १६, ३८ र ३० वर्षका पुरुष, ६ वर्षिया एक बालिका र ५० वर्षिय महिलामा र स्याङजाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरु रहेका छन् ।

त्यसैगरी नवलपरासी (पूर्व)को बौदीकाली गाउँपालिकाका २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्षका आठ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित सबै जना भारतबाट फर्किएका हुन् ।