हेर्दा हेर्दै रणसंग्राम बनेको पुल्चोक (फोटोफिचर )

काठमाडौँ – महामारीको बेवास्ता गर्दै ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ रथ तान्दा विहीबार झडप भएको छ । ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य) को रथ निषेधाज्ञा जारी रहेको अवस्थामा नतान्नु भन्दाभन्दै बिहीबार जिल्ला प्रशासनको स्वीकृत बिना तानिएकाले रथ तान्न रोक लगाउन प्रहरीले दमकलको सहायताले पानीको फोहोरा हानेको थियो ।

गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो । अहिले पनि निषेधाज्ञा बाबजुद स्थानीयको दबाबमा रथ तान्न सुरू गरिएको थियो ।

तर रथ तान्ने क्रममा ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरीले अवरोध गरेको थियो । यसपछि पुल्चोकमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप सुरु भयो ।
हेर्नुहोस फोटोहरु :

तस्वीरहरु : रासस