काठमाडौँमा थपिए ३८८ संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

काठमाडौँ उपत्यका सहित देशभर आज ११२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।