एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – आज एकैदिन २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो संख्या एकैदिन कोरोना संक्रमण देखिएको संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरि थप १३ जना मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका( ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुमा सोमबार विहानमात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सैक्रमितको संख्या १३४ पुगेको छ । जसमध्ये ३३ जना निको भएर घर फर्किएका छन् ।