कोरोना भाइरसका कारण मृत्यु भएकी महिलाको दाहसंस्कार

काठमाडौँ – कोरोना भाइरस ( कोभिड–१९ ) का कारण मृत्यु भएकी महिलाको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिएको छ । सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शनिबार कोरोना पुष्टि भएको थियो । उनको राति राजधानीको पशुपतिमा दाहसंस्कार गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले ती महिलाको शव विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिएको बताए । ढकालका अनुसार उनको शव शनिबार राति ९ बजे पशुपति आर्यघाटमा पुर्‍याइएको थयो ।

कोरोनाका कारण महिलाको मृत्यु भएकाले शब जलाउन पीपीई लगाएका सुरक्षाकर्मी र दुईजना आफन्त मात्र उपस्थित थिए ।कोरोना संक्रमितको शव ल्याउनु अघि नै पशुपति क्षेत्र सिल गरिएको थियो ।