कोरोना मृत्युमा शव व्यवस्थापन र दाहसंस्कार कसरी गरिन्छ ?

काठमाडौँ – नेपालमा पहिलोपटक कोरोनाका कारण एक महिलाको मृत्यु भएको छ । बिहीबार राति धुलिखेल अस्पततालमा मृत्यु भएकी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। हृदयविदारक मृत्युका घटनामा शव व्यवस्थापन विधि आ–आफ्नै हुन्छन् ।

अझ कोरोनाका कारण मृत्यु भएमा भने संसारभरको अभ्यासलाई मध्यनजर गर्दै सरकारले तय गरेको शव व्यवस्थापन कार्यविधि अनुसार शवव्यवस्थापन र दाहसंस्कार गरिन्छ । परिवारका सदस्यले समेत मृतकलाई छुन पाउने छैनन् ।

सुरक्षा र स्वास्थ्यकर्मी सहित एकदम कम मात्रामा परिवारका सदस्य अन्तिम संस्कारमा सहभागी हुन पाउनेछन् । सहभागी सबैले पन्जा,चस्मा,टोपी, मास्क र पीपीई अनिवार्य प्रयोग गर्नुपर्नेछ । परिवारका आफन्तले एक मिटर टाढाबाट नछोई अन्तिम संस्कारमा सहभागी हुनुपर्नेछ ।
यस्तो छ मापदण्ड :