कोरोना संक्रमित विश्वभर १ करोड ३० लाख पुगे

काठमाडौँ – विश्वभर १ करोड ३० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज विहान यो समाचार तयार पार्दासम्म १ करोड ३० लाख ३२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

त्यसमध्ये १ लाख ९४ हजार ३८४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । कोरोना सम्बन्धी तथ्याङक अपडेट गर्ने वर्ल्डोमिटर्सका अनुसार ५ लाख ७१ हजार ३ सय ५६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

त्यस्तै अहिलेसम्म ७५ लाख ७९ हजार ५ सय १६ जना उपचारपछि निको भएका छन् । उपचाररत ५८ हजार ९ सय २६ जना गम्भीर प्रकृतिका विरामी छन् ।