काठमाडौँसहित देशभर कोरोना संक्रमण बढ्दो, थप नौ जनामा संक्रमण पुष्टि

काठमााडौँ- नेपालमा कोरोना भाइरस रोगबाट संक्रमित हुनेको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साँझ थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको हो । नयाँ संक्रमणमा काठमाडौँमा एक जना थपिएका छन् । काठमाडौंको सतुंगल निवासी ७ बर्षीय बालक पनि संक्रमित भएका हुन् ।

त्यस्तै, पर्सा, वीरगंज निवासी ९, १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर, त्रियुगा न. पा. निवासी २५ बर्षीय पुरुषस दांङको गढवा – ४, ५ र तुलसीपुर-७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । यसअघि आज विहान पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ८ जना र मकवानपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।