काठमाडौँमा ३१ जनामा कोरोना संक्रमणको आशंका, आरडीटि पोजेटिभ देखियो

काठमाडौँ – र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा काठमाडौंमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । आरडीटी पोजेटिभ देखिएकाहरु सरसफाईकर्मी भएको बुझिएको छ । शुक्रबार ९ सय ३४ जनाको कोरोना परीक्षण गरिएको जानकारी महानगरले दिएको छ ।

आडीटी विधिबाट ६सय ६४ र पीसीआर विधिबाट २ सय ७० जनाको परीक्षण गरिएको थियो । आरडिटी पोजेटिभ देखिएका ३१ जना मध्ये केहि नगर प्रहरी र फोहोर संकलनका सवारी चालकसमेत रहेको खुल्न आएको महानगरले जनाएको छ । हाल महानरगरभित्रका ३२ वटा वडामा गरी २ हजार सफाई कर्मचारी र २ हजार अन्य कर्मचारी गरी करिब ४ हजार कर्मचारी कार्यरत छन् ।

९३२ जनामा कोरोना जाँच गर्दा ३१ जनामा कोरोना देखिएको हो ।  नियमित रुपमा मानिसको घरघरमा पुगेर सफाई गर्ने सफाई कर्मचारीमा आरडिटी टेष्टमा कोरोना पोजेटिभ देखिएसँगै अन्य कर्मचारी त्रसित बनेका छन् ।