आर्सनल टोटेनह्यामसँग पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल टोटेनह्यामसँग पराजित भएको छ । आइतबार राति नर्थ लण्डन डर्बीमा भएको खेलमा टोटेनह्यामले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १६औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १९औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ८१औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटेनहमलाई २–१ को जित दिलाए ।

जीतसँगै टोटेनहम आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ ।