आज २०७ औँ भानु जयन्ती

काठमाडौँ – आज आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती । नेपाली साहित्यको श्रीवृद्धिमा आचार्यले गर्नुभएको योगदानको स्मरण गरिँदैछ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी दिएको अर्तीबाट प्रभावित भई उनले रामायणलाई नेपालीमा भावनुवाद गरेका थिए ।

भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचनालगायत कृति प्रकाशित छन् ।