काठमाडौँ उपत्यकामा थपिए ६२ जना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारबो नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ५६ जनामा कोरोना संक्रमण भेटिएका हुन् । जसमा ललितपुर र भक्तपुरमा ३/३ जना संक्रमित थपिएका छन् ।