थप १५६ जनामा कोरोना संक्रमण, सक्रमित १०४२ पुगे

काठमाडौँ – पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १०४२ पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमित १०४२ पुगेको जानकारी दिए । संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।