विद्यार्थीका लागि उपर्युक्त गन्तव्य बन्दै लोयल्टी एकेडेमी, कक्षा ११ मा विद्यार्थीहरु धमाधम भर्ना हुँदै

काठमाडौँ – आफ्नै भौतिक संरचना र अनुभवी सञ्चालक तथा दक्ष जनशक्ति रहेको काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ अवस्थित लोयल्टी एकेडेमी कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि रोजाइको केन्द्र बनेको छ । लोयल्टीमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन र कानुनका विषयमा भर्ना खुलेको छ ।

विद्यार्थीहरुले विज्ञान संकायका सबै विषयहरु, व्यवस्थापन संकाय अन्तर्गत होटेल मेनेजमेन्ट, बिजनेश स्टडिज, इकोनोमिक्स, ट्राभल एण्ड माउन्टेनरिङ, कम्प्युटर साइन्स लगायतका विषयमा विद्यालयले अध्ययन गर्न पाउनेछन । त्यस्तै विद्यालयले कानुन संकायमा पनि अध्यापन थालेको छ । विद्यालयका प्राचार्य वीरेन्द्र कुरुम्बाङका अनुसार यही असार २८ गते पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न भई नतिजाप्रकाशन पश्चात विद्यार्थीहरुले धमाधम विद्यालय भ्रमण गरी आवश्यक जानकारी लिइरहेका छन ।

प्रवेश परीक्षामार्फत पहिलो चरणमा उत्तीर्ण विद्यार्थीहरु धमाधम भर्ना भइरहेको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य कुरुम्बाङले खुल्लापाटीलाई भने– ‘ अहिले विद्यार्थीहरु भर्ना भइरहेका छन । केही सिट बाँकी रहेमा दोस्रो चरणको प्रवेश परीक्षा गर्नुपर्ने हुन्छ । पहिलो चरणको प्रवेश परीक्षा छुटेको भन्दै केही विद्यार्थीहरुले दोस्रो चरणको प्रवेश परीक्षाका लागि आग्रह गर्नुभएको छ । उहाँहरुको अनुरोध अनुरुप हामी त्यो पनि छिटै गर्नेछौँ र बाँकी कोटामा विद्यार्थीहरुलाई भर्ना गर्नेछौँ ।’ उहाँले जानकारी दिनुभयो । विद्यालयले विद्यार्थीहरुलाई सीमित सिट मात्र रहेकाले छिटो विद्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।


यो विद्यालयले व्यवहारिक र गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप र विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि कार्य गर्दै व्यवहारमैँ सिद्ध गरिसकेकोले म विद्यार्थीहरुलाई यताउता भौतारिइरहनु भन्दा विद्यालयमा जोडिन आग्रह गर्छु ।’ उहाँले थप स्पष्ट पार्नुभयो ।

‘हाम्रो आफ्नै भौतिक पूर्वाधार छ । गुणस्तरीय शिक्षासँगै खेलकुदका लागि फुटबल, बास्केटबल, टेबल टेनिस लगायत म्युजिकका लागि आवश्यक कक्षाहरु पनि छन । हाम्रा फ्याकल्टी मेम्बरहरु दक्ष, अनुभवी र खारिएका छन । उहाँले उत्साहित हुँदै भन्नुभयो “असल र सफल बन्नका लागि उपयुक्त शैक्षिक गन्तब्य को रुपमा लोयल्टी एकेडेमी अब विद्यार्थी तथा अभिभावकहरुको भरोषाको केन्द्र बन्दै गएको प्रमाण प्रबेश परीक्षामा सहभागी विद्यार्थीहरुको संख्याले दिइसकेकोछ”।