स्वास्थ्यमा बजेट : ९० अर्ब ६९ करोड

काठमाडौँ – सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बिनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिए।

सरकारले तीन सय शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ। आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले तीन सय शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने बताए।

सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिने उनले बताए । स्वास्थ्य पूर्वाधार विकास लागि सरकारले १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ।