कोरोना संक्रमित बढेको बढ्यै : एकैपटक १० जनामा भेटियो

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जनाएको छ । आज विहान जारी गरेको सूचनाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १० जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्दभुमि नगरपालिका–७ र १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुषहरुमा कोरोना भाइरस पुष्टि भएको हो । संक्रमित अर्का एक जनाको नाम खुलेको छैन ।

संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा दश जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ ।