अमेरीकी राष्ट्रपति ट्रम्पले पहिलोपटक लगाए मास्क

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा मास्क लगाएका छन्। कोरोना भाइरसको महामारी सुरु भएदेखि नै आफ्ना लागि मास्कको प्रयोग आवश्यक नभएको भन्दै चर्को विरोध गर्दै आएका ट्रम्प पहिलोपटक मास्क लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

उनले अरुले देख्ने गरी मास्क नलगाउने बताएका थिए । वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।

यसअघि उनले मास्क नलगाउने अझ पत्रकारले देख्ने गरी त मास्क लगाउँदै नलगाउने बताउँदै आएका थिए ।