अल्ब्राईट इन्स्टिच्युट अष्ट्रेलियाको काठमाडौँमा एजेन्ट मिट

काठमाडौँ- अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेज अष्ट्रेलियाले काठमाडौंमा एजेन्ट मिट आयोजना गरेको छ। अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेजको मेलबोर्न, एडेलेड, ब्रिसबेन, तथा सिड्नी मा आफ्नो क्याम्पसहरु रहेका छन्। जेष्ठ २९ गतेका दिन दि एभरेस्ट होटल नयाँ बानेश्वरमा आफ्ना सम्पूर्ण एजेन्ट हरुलाई इन्स्टिच्युटमा उपलब्ध कोर्ष, संस्थाको नयाँ नीति तथा अवधारणबारे जानकारी दिने उद्धेश्यले एजेन्ट मिटको आयोजना गरिएको नेपाल स्थित बिजनेस डेभलपमेन्ट म्यानेजर सुष्मिता सुब्बाले जानकारी दिनुभयो ।

कार्यक्रममा देशभरी छरिएर रहेका आफ्ना एजेन्टहरुलाई इन्टरनेसनल बिजनेस डेभलपमेन्ट म्यानेजर गुलरेज़ हाजीले सर्टिफिकेट अफ एप्रिसिएसन् प्रदान गर्दै आगामी दिनमा पनि सफलता र सहकार्यको कामना गर्नु भयो।

अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेजले इंग्लिश ल्याङ्वेज कोर्ष र अन्य विषय जस्तै इन्फर्मेशन टेक्नोलोजी, लिडरशिप म्यानेजमेन्ट, प्रोजेक्ट म्यानेजमेन्ट, बिजनेस र मार्केटिङ कम्युनिकेसनमा डिप्लोमा र एड्भान्स डिप्लोमा र ग्याजुएट डिप्लोमा अफ म्यानेजमेन्ट
कोर्षहरु गराउँदै आएको छ।

अल्ब्राईट इन्स्टिच्युट अफ बिजिनेस एण्ड ल्याङ्ग्वेज अष्ट्रेलियाले आगामी दिनमा नयाँ कोर्ष हरु थप्ने तथा अन्य स्थानहरूमा क्याम्पस एक्सटेन्सन गर्दै जाने र नेपाललाई प्राथमिक बजार को रूपमा हेरिरहेको अलब्राइट की इन्टरनेसनल बिजनेस डेभलपमेन्ट म्यानेजर गुलरेज़ हाजीले स्पष्ट पार्नुभयो ।