कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार पुग्यो

काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार नाघेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस विश्वका २१२ मुलुकमा पुगिसकेको छ ।

२ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३८ लाख २२ हजार बढी जना संक्रमित भैसकेका छन् । त्यस्तै उपचारपछि १३ लाख बढी मानिसहरु निको भएका छन् ।

२२ लाख ५५ हजार बढीको उपचार भइरहेको छ । उपचाररत ४८ हजार २११ जनाको अवस्था गम्भीर छ ।