प्रधानमन्त्रीबाट बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी (भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै विश्वभर शान्तिको कामना गर्नुभएको छ । प्रधानमन्त्रीले सन्देशमा सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय बैशाख दिवस (द डे आफ भेसाक) का रुपमा मनाउने घोषणा गरेको जनाउनुभएको छ ।

हामीले बुद्ध जयन्तीलाई लुम्बिनी दिवसका रुपमा पनि मनाउँदै आएका छौं । यस अवसरमा म विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

आज बुद्ध जयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण गरेको दिन सबै एकै दिन र एकै तिथिमा परेको हुनाले सबै हिसाबले हामी यस दिनलाई संक्षिप्तमा बुद्ध जयन्ती भनेर मनाउने गरेको उहाँले उल्लेख गर्नुभएको छ ।

लकडाउनका कारण औपचारिक कार्यक्रम रोकिएको भन्दै सन्देशमा भनिएको छ– कोरोना भाइरस विरुद्धको महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यवद्धता प्रदर्शन गर्न हामीलाई यस दिनले थप प्रेरित गरिरहेको छ । विश्वव्यापी साझा प्रयाश र एकताको बलमा यस महामारीलाई परास्त गरी मानव समुदायको जीवनरक्षा गर्न सफल हुनेमा म विश्वस्त छु ।’

https://www.youtube.com/watch?v=ZwfqdJnLykI