एन प्याब्सन केन्द्रीय उपाध्यक्ष मृत फेला

धनगढी– राष्ट्रिय नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (एन प्याब्सन) का केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुषाल मृत अवस्थामा फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका ९ घर भएका ४० वर्षीय भुसाल मृत अवस्थामा भेटिएका हुन् । बिहीबार राति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रहेका भुषालको शव घोडाघोडी नगरपालिका १० पहलमानपुर बजारबाट करिब एक किलोमिटर पश्चिम राजमार्गमा फेला परेको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । भुषालको आँखा, मुख र घुँडामा चोट देखिएको छ ।

डीएसपी बस्नेतले घटनापश्चात् दुई जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जानकारी दिए ।