निजी विद्यालयले चैत्र महिनाको फि फिर्ता नदिए देशबाट लखेटिन्छ : सह–अध्यक्ष तामाङ (भिडियोसहित)

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी अनेरास्ववियुका सह–अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले चैत्र महिनाको शुल्क अभिभावकलाई फिर्ता नदिए देशबाट निजी विद्यालयको जरो नै उखेलेर फ्याँक्ने चेतावनी दिएका छन् । खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने खुल्ला बहस श्रृङखला अन्तर्गत शुक्रबारको खुल्ला बहसमा भाग लिँदै सह अध्यक्ष तामाङले सरकारले दिएको निर्देशन पालना नगर्ने निजी विद्यालयलाई कारबाहीको चेतावनी दिएका हुन् । उनले भने–‘ सरकारको निर्देशन नमान्ने र यस्तो जटिल अवस्थामा मानवीयता नदेखाउने हो भने निजी शैक्षिक संस्थालाई व्यापार गर्न वा अभिभावक लुटन खोल्न दिइएको होइन । नेपालको टेरिटोरीभित्र हुनुहुन्न । ’

खुल्ला बहसमा नेशनल प्याब्सन महासचिव सुवास न्यौपाने, सामुदायिक विद्यालय सुधार अभियन्ता अभिषेक घिमिरेले छलफल गर्नुभएको थियो । नेशनल प्याब्सन महासचिव न्यौपानेले भने सरकारले लोकप्रियताका लागि निर्णय गरेको भन्दै कुनै पनि हालतमा मान्न नसकिने जनाए ।

उनले भने–‘बैंकको किस्ता व्याज, विद्यालयको घरभाडा सरकारले हेरिदिन्छ भने हामी मान्छौँ अन्यथा पुनर्विचार गर्नुपर्छ ।’ खुल्लापाटीको बहसमा शैक्षिक अभियन्ता घिमिरले भने निजी विद्यालयलको योगदान उच्च रहेको भन्दै निजीको योगदान नजरअन्दाज गर्नुभन्दा पनि सामुदायिक विद्यालय सुधार गर्नुपर्नेमा जोड दिए ।

खुल्लापाटीको दुई चरणमा भएको छलफलका लिंक  https://www.facebook.com/Khullapati-1529576157367337/   बाट हेर्न सकिन्छ । हरेक दिन शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयमा बहस हुने भएकाले खुल्लापाटी डट कमको यो पेज लाइक गरेर पनि सूचना तथा जानकारी थाहा पाउन सकिन्छ ।

शिक्षा क्षेत्रको आगामी गन्तव्य Part 2

खुल्लापाटी खुल्ला बहस अन्तर्गत शुक्रबारको श्रृङखलामा अनेरास्ववियु सह–अध्यक्ष रञ्जित तामाङ, एन प्याब्सन महासचिव सुवास न्यौपाने र सामुदायिक विद्यालय सुधारका लागि अभियान चलाइरहनुभएका शैक्षिक अभियान्ता अभिषेक घिमिरेबीच भएको छलफल । Part 2

Gepostet von Khullapati am Freitag, 24. April 2020