कोरोना भाइरस हावाबाट पनि सर्छ : डब्लुएचओ

एजेन्सी – कोरोना भाइरस संक्रमित व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट भाइरस सर्ने जनाएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट पनि सर्ने प्रमाणित भएको स्वीकार गरेको छ ।

यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताउँदा त्यसलाई अस्वीकार गरेको डब्ल्युएचओले अहिले भने हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पारेको जनाएको हो ।

डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको र यसको अध्ययन अहिले पनि जारी रहेको बताइन् । डब्ल्युएचओले खागारी भीडभाडका ठाउँमा, कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने अवस्थालाई अस्विकार गर्न नसकिने जनाएको छ ।

डब्लुएचओले सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्न आग्रह गरेको छ ।