भारतमा संक्रमित १ लाख १८ हजार नाघे

काठमाडौँ – भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको छ । एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो ।

कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ । त्यस्तै ४८५५३ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको छ । भारतमा लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।