थप ३० जनामा कोरोना संक्रमण, संक्रमित ४८७ पुगे

काठमाडौँ – नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै थप ३० जनामा कोरोना पोजेटभ देखिएको पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी, भरतपुर, कपिलवस्तु र सर्लाहीमा गरी ३० जना संक्रमित थपिएका हुन्। शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्। चितवनको भरतपुर महानगरपालिका-६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला कोरोनाको संक्रमण पुष्टि भएको छ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ