काठमाडौँमा थप १०१७ जनामा संक्रमण

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७८३, ललितपुरमा ११८, भक्तपुरमा ११६ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ जना महिला तथा ललितपुरमा एक जना महिला र दुइ जना पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।