ब्राजिलका राष्ट्रपति हेल्चेक्र्याईँका कारण कोरोना संक्रमणमा

एजेन्सी – ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो जो कोरोनालाई सामान्य फ्लु भन्दै सार्वजनिक कार्यक्रममा मास्क नलगाई हिँड्थे कोरोना संक्रमित बनेका छन् । उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको द गार्डियनले जनाएको छ।

सोमबार उनको चौथो पटक परीक्षण गरिएको थियो । परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।

बोलसोनारो कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै आएका थिए। उनले कोरोनालाई सामान्य फ्लूु भन्दै लकडाउनको विरोध पनि गरेका थिए। लकडाउनले देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै उनले प्रान्तीय गभर्नरहरूलाई लकडाउन खुकुलो पार्न अपील गरेका थिए।

कोरोना संक्रमण भएसँगै उनले ब्राजिलमा सार्वजनिक स्थान मास्क लगाउन अनिवार्य गरेका छन्। गत मार्चमा बोलसोनारोले कोरोनालाई अरू फ्लूु भन्दा सामान्य भएको टिप्पणी गरेका थिए।


लकडाउन खुकुलो र मास्क नलगाउने तथा बेवास्ता गर्दा वल्डो मिटरको आज विहानको तथ्याङक अनुसार ब्राजिलमा १६ लाख ५४ हजार ६ सय ५५ जनामा संक्रमण भैसकेको छ भने ६६ हजार ८ सय ६८ जनाको मृत्यु भैसकेको छ ।

जबकी गत अप्रिलमा पनि राष्ट्रपति बोलसोनारोले आफूलाई कोरोना संक्रमण भए कुनै चिन्ता नहुने बताउँदै धेरै भए साधारण रुघामर्कीको अनुभव हुने भनेका थिए। त्यो बेला ब्राजिलमा जम्मा ४० हजार कोरोना संक्रमित थिए भने ३ हजारभन्दा कमको मृत्यु भएको थियो। पछि कोरोना एकदमै फैलियो र अहिले संक्रमणमा ब्राजिल संसारकै दोस्रो नम्बरमा छ।