६५ वर्षीया निको भएर घर लागेकै दिन अर्का ६५ वर्षीयमा कोरोना देखियो

काठमाडौँ । वागलुङमा ६५ वर्षीया वृद्धा कोरोना निको भएर घर फर्केकै दिन अर्का एक जना ६५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

मन्‍त्रालयले उनको ठेगाना भने खुलाएको छैन‍् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार मात्र दुई जना निको भएर घर फर्किएका छन‍् ।