एजेन्सी । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अग्रपंतीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा कामदारहरुको सहयोगार्थ विश्वका चर्चित कलाकारहरुले टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारणमा विशेष कन्सर्ट गर्ने भएका छन् ।
‘द वन वर्ल्ड : टुगेदर एट होम’ नाम दिइएको विशेष कन्सर्टमा रोलिंग स्टोन्स र बिली इलिशसहित १ सय बढी कलाकारले आफ्नै घरबाट प्रत्यक्ष प्रस्तुती दिने छन् ।
आठ घण्टा लामो कार्यक्रम ग्लोबल सिटिजन मोभमेन्ट र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा सञ्चालन हुनेछ ।
यसमा अमेरिकन सुपरस्टार लेडी गागाको पनि सहकार्य रहने छ ।
‘हामी अहिले अलग हुन सक्छौँ तर, सँगै साथमा रहनु धेरै महत्वपूर्ण छैन ।’ ग्लोबल सिटिजनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उक्त कार्यक्रम विश्वभरका दर्शकले दुई भागमा हेर्न पाउने छन् । आइतबार उक्त कार्यक्रम प्रशारण हुने बीबीसीले जनाएको छ ।