प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ – प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ९ प्रहरीमा कोरोना पुष्टि भएको हो । प्रहरी प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले थप ९ जनामा कोरोना भेटिएको पुुष्टि गरे ।

यससँगै प्रहरी प्रधानकार्यालय नक्सालमा कार्यरत ४४ जनामा कोरोना पुष्टि भएको छ ।