अबुधाबीमा निःशुल्क कोरोना परीक्षण

एजेन्सी । बुधाबीको मुसाफामा सबै श्रमिकको निःशुल्क रुपमा कोरोना परीक्षण गरिने भएको छ । आबुधावीको औधोगिक क्षेत्र मुसाफामा यूएईले निःशुल्क रुपमा परीक्षणको व्यवस्था गरेको हो ।

आबुधाबीको आर्थिक विकास विभागले आबुधाबी सरकारको प्रयासबाट श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न तथा भाइरसको फैलावट रोक्न भन्दै यो क्षेत्रमा कार्यरत श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण गर्न लागिएको हो ।

कोभिड १९ को निःशुल्क स्वास्थ्य परीक्षणका लागि मुसाफामा क्लिनिक स्थापना गरिएको छ ।