रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले शनिबार शैक्षिक सूचना सत्र गर्दै

काठमाडौँ- रियल ड्रीम्स एजुकेशनल कन्सल्टेन्सीले यही शनिबार अर्थात नोभेम्बर ५ मा शैक्षिक सूचना सत्र आयोजना गर्ने भएको छ । बेलायतको योर्क सेन्ट जोन युनिभर्सिटीसँगको सहकार्यमा राजधानीको नागपोखरीस्थित अरण्य बुटिक होटलमा दिउँसो १ बजेदेखि शैक्षिक सत्र मेला सुरु हुने कम्पनी जानकारी दिएको छ ।

आगामी जनवरी २०२३ इन्टेकको लागि सम्भावित विद्यार्थीहरूको लागि सूचना सत्र र आवेदन मूल्याङ्कनहरू लगायतका कार्यक्रम शैक्षिक सत्रमा रहने कन्सल्टेन्सीले जानकारी दिएको छ । कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधि, इन्टरनेशनल विभाग प्रमुख मोहसिन रमजान र इन्टरनेशनल डेभलपमेन्ट म्यानेजर काइल हेनरीले विश्वविद्यालय र भर्ना प्रक्रियाका बारेमा जानकारी दिने भएका छन् ।

आयोजक टोलीले सबै उत्साही विद्यार्थीहरूलाई यस कार्यक्रमले उनीहरूको भविष्यको करियरको लागि धेरै उपयोगी हुने भन्दै उपस्थित हुन अनुरोध गरेको छ।