काठमाडौँ उपत्यकामा ३ सहित १०९ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा आज थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यकाका ३ जना छन् । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार काठमाडौँका २ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको हो।

पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाठडौँका १ र ललितपुरका १, स्टार अस्पताल सानेपामा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

योसँगै नेपालमा कोरोना १३ हजार ५३ जना संक्रमित निको भएर घर फर्केका छन्।