शिक्षासेवी ढुंगानालाई पितृशोक

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का सह–अध्यक्ष एवं रेडियन्ट रिडर्स एकेडेमीका संस्थापक प्रिन्सिपल, शिक्षासेवी व्यक्तित्व डिके ढुंगानलाई पितृशोक परेको छ ।

ढुंगानाका पिता रामजी ढुंगानाको आज विहान हृदयघातबाट झापास्थित निवासमा निधन भएको हो । ७६ वर्षीय ढुंंगानलाई आज विहान ४ बजेतिर अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो ।

उपचारका लागि अस्पताल पु-याएपनि डाक्टरले मृत घोषित गरेका थिए । ढुंगानाका २ छोरी र ७ छोरा छन ।