यूईएएफए नेसन्स लिग : फ्रान्सको विजयी सुरुवात

काठमाडौँ – फ्रान्सले यूईएफए नेसन्स लिगमा विजयी शुरुवात गरेको छ । स्टार फरवार्ड केलियन एमबाप्पेले गोल गर्दा फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

फ्रेन्ड्स एरिना सोल्नमा गएराति भएको खेलमा पाहुना टोली फ्रान्सको जितमा एमबाप्पेले गरेको एक गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाएपनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् ।

खेलको ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट १–० को अग्रता लिएको थियो । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र फ्रान्सले १–० को जित निकाल्यो ।