विराटनगरमा फेरि लकडाउन

काठमाडौँ – विराटनगर महानगरपालिकाले शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरेको छ । समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो । लकडाउन आज राति १२ बजेदेखि हुनेछ ।