अनलाइन, परीक्षा अनि शुल्कबारे के भन्छन् सरोकारवाला ? (भिडियोसहित)

काठमाडौँ – खुल्लापाटी खुल्ला बहस अन्तर्गत विहीबार शिक्षा मन्त्रालयले अनलाइनवापत् शुल्क नलिन दिएको निर्देशन, प्याब्सनले एसइईको परीक्षा नलिईकनै ग्रेडसिट र प्रमाणपत्र दिन गरेको आह्वानलगायतबारे सरोकारवालाहरुसँग छलफल भयो । छलफलमा अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)का उपाध्यक्ष एवं आदर्श विद्यामन्दिर भैरहवाका सञ्चालक विष्णु पन्थी र प्याब्सनकै प्रदेश एकका अध्यक्ष  एवं सूर्योदय नगरपालिका इलामस्थित पिसल्याण्ड नेशनल एकेडेमीका सञ्चालकयुवराज वशिष्ठ सहभागी भए ।

छलफलमा सहभागीले निजी विद्यालयलाइ एक महिनाको छुट दिन सरकारले गरेको आग्रह अदूरदर्शिताको परिणाम भएकाले कार्यान्वयन गर्न नहुनेमा जोड दिए । अभिभावक महासंघ अध्यक्ष देवकोटाले आफूहरुसँग पनि समन्वय गर्नुपर्नेमा नगरिएको, शिक्षक कर्मचारीलाई तलब दिन निजी स्कुलले नसक्ने भएकाले यसबारे उनीहरुसँग पनि समन्वय गरेर अघि बढ्न आग्रह गरे ।

प्याब्सन उपाध्यक्ष पन्थी र प्याब्सनकै प्रदेश एक अध्यक्ष वशिष्ठले कार्यान्वयन गर्न मुस्किल भएकाले निर्णय पुनर्विचार गर्नुपर्ने बताए । त्यस्तै परीक्षा नगरीकनै आन्तरिक मुल्याङकनका आधारमा प्रमाणपत्र र ग्रेटसिट दिन गरेको आग्रह सही भएको जिकिर गर्दै यस्तो व्यवस्था कार्यान्वयन हुनुपर्ने बताए । साथै अनलाइन वापत् कुनै शुल्क नलिएको स्पष्ट पार्दै पन्थीले मिडियाले अनेक भ्रम छरेको बताए । हेर्नुहोस् बहसको भिडियो :

https://www.facebook.com/watch/live/?v=249861769707536&ref=watch_permalink