नेपालमा संक्रमितको संख्या ४६१४ पुग्यो

काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २५० जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ८ जना महिला पनि छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या ८६१ पुगेको छ ।

नेपालमा हालसम्म ७२ जिल्लामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।