विद्यार्थीहरुको तालाबन्दीसँगै मध्यपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयका विभिन्न संकायका परीक्षाहरु स्थगित भएका छन् । विभिन्न मागससहित आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेसँगै परीक्षा स्थगित भएका हुन ।

विभिन्न १८ बुँदे माग राख्दै संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको छ । विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले विहिबार सूचना जारी गर्दै प्रतिकुल परिस्थिका कारण मौका परीक्षाका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।

विद्यार्थी संगठनले भने विद्यार्थीहरुका माग प्रति विश्वविद्यालयले वेवास्ता गरेको भन्दै केन्द्रीय क्याम्पस, परीक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्याम्पसहरुमा अनिश्चितकालका लागि तालाबन्दी गरेका थिए ।