बालिका बलात्कार प्रकरण : राजेन्द्रले स्वीकारे अपराध

काठमाडौँ – बलात्कार एवं हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा रहेका राजेन्द्र बोहराले अपराध स्वीकारेका छन् । बुधबार साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न हिँडेकी एक १२ वर्षीया बालिकाको बलात्कारपछि आफैले हत्या गरेको उनले स्वीकार गरेका हुन् । बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपीले स्वीकार गरेका छन् ।

प्रहरी हिरासतमा रहेका १८ वर्षीय राजेन्द्र बोहराले हत्या र बलात्कारको आरोप स्वीकार गरेका हुन् । मृतकका आफन्तले घटनामा सग्लनलाई हदैसम्मको कारवाहीको माग गरेका छन ।

बालिकाको बलात्कारपछि हत्यामा सग्लन आरोपी अन्य अपराधिक घटनामा पनि सग्लन भएको देखिएको छ । राजेन्द्रले साउन २९ गते घट्ट गएको बेला गाउँकै अर्की एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै सोमबार बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा बलात्कार सम्बन्धि मुद्दा दर्ता भएको छ । बालिकाको हत्या भएको शिब मन्दिर नजिकै डेढ वर्ष अगाडी एक बालक मृत भेटिएका थिए । स्थानीयले अहिले सो घटनामा पनि राजेन्द्रलाई नै शंकाको घेरामा राखेका छन ।

मृतक भेटिएका बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा पनि गायब थियो । अब प्रहरीले अनसुन्धान गरी आफ्नो छोराको हत्यारा पनि कानुनी कारबाही गर्नुपर्ने मृतक बालकका बुवा शेरबहादुर कामीले बताए ।

अर्की बालिकाको पनि करणी गरेको जाहेरी प्रहरी कहाँ आएपछि गाउँ भएका अन्य घटनाहरुमा पनि राजेन्द्रको संलग्नता रहेको अनुमान गरिएको छ ।

प्रहरीले अनुसन्धान गर्दा बालिकाको बलात्कार पछि हत्या घटनामा राजेन्द्र को संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताए । घटनामा अन्य को संलग्नता रहेको या नहरेको बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

यसैबीच सम्झना हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रर्दशन गरेका छन् । जिल्लामा बलात्कार जस्ता जगन्य अपराधका घटनाहरुको कानुनी उपचार खोज्नुको सट्टा मिलोमतो गर्दा यस्ता घटनाहरु दिन प्रतिदिन दोहोरिँदै गएका छन् ।