कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौँ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा चितवन –११ का एक कोरोना सङ्क्रमित पुरूषको मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनलाई सुगर, प्रेसर लगायत निमोनियाको समस्या थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं। २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका ९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

त्यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिला र स्याङ्जाका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।