कोरोना संक्रमितको संख्या ४००० नाघ्यो

काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या ४००० नाघेको छ । आज एकैदिन ३२३ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएसँगै संक्रमितको संख्या ४ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थप ३२३ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ ।

जसमध्ये अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । कुल ७२ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।