२९४२ संक्रमित थपिए, सक्रिए संक्रमित ३९००० नाघ्यो

काठमाडौँ – नेपालमा आज थप २९४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार नाघेको छ । गत २४ घन्टामा १४ हजार ८ सय ७५ पीसीआर नमूना परीक्षण गर्दा २ हजार ९ सय ४२ जना संक्रमित थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना रहेका छन । तिमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना र होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन । संक्रमितमध्ये ३ सय १ जना सघन उपचार कक्षमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

एकै दिन २ हजार ३ सय २६ जना कोरोनामुक्त भएका छन । योसँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९२ हजार १ सय ६६ जना पुगेको छ । हाल क्वारेन्टिनमा ४ हजार ७ सय १७ जना बसिरहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ वटा पीसीआर नमूना परीक्षण गरिएको छ ।

थप १२ जनाको मृत्यु

कोरोना संक्रमाणवाट एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ३९ पुगेको छ ।