काठमाडौँ उपत्यकामा थप १६९८ जनामा संक्रमण पुष्टि

काठमाडौँ- काठमाडौँ उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले थप १६९८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।