थप ४८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित २४ हजार ४३२ पुगे

काठमाडौँ – नेपालमा आज थप ४८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४८४ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टि गरे ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितहरुको कुल संख्या २४ हजार ४३२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६४ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९१ पुगेको छ ।