काठमाडौँमा दैनिक संक्रमित बढदै, आज थप १३८ जनामा संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

जसमध्ये काठमाडौँका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेका छन् ।

यसैगरी आज देशभर ४८४ जना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ।