टिआइएमा नृत्य, गीत र नाटक प्रतियोगिता सम्पन्न

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत हात्तीगौँडास्थित ठुङरम इन्टरनेशन एकेडेमी अर्थात टिआइएमा नृत्य, गीत र नाटक प्रतियोगिता सम्पन्न भएको छ । गुरु ठुङ्ग्राम रिम्पोछेँको जन्मदिनको अवसरमा विद्यालयले नृत्य, गीत र नाटक प्रतियोगिता आयोजना गरेको थियो ।

कार्यक्रममा निर्णायकको रुपमा नृत्य निर्देशक कृष्ण रिसाल, गायिका सुबानी मोक्तान र कलाकार निर्मला खडका (निर्मली) रहनुभएको थियो । कार्यक्रममा नृत्य प्रशिक्षक नृप खत्री, गायन प्रशिक्षण चित्र हिङमाङ र वाद्यवादन प्रशिक्षक सुरेश महराद्धारा प्रशिक्षण गराइएका विद्यार्थी प्रतियोगितामा सहभागी भएको कोअर्डिनेटर उज्वल रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी पनि सहभागी हुनुहुन्थ्यो । सहभागी अतिथि र निर्णायकलाई विद्यालयकी निर्देशक लैला लामाले शुभकामना व्यक्त गर्नुभएको थियो ।