कोरोना भाइरसबाट ९० लाख ४५ हजार बढी संक्रमित

एजेन्सी – गतवर्ष डिसेम्बरदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाख ४५ हजार बढी मानिसहरु प्रभावित भएका छन् । भाइरसका कारण विश्वभर ४ लाख ७० हजार ६९८ जनाको मृत्यु भएको छ ।

आज बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१५ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ७० हजार ६९८ जना पुगेको हो ।

संक्रमित ३७ लाख ३६ हजार ५८६ जनाको उपचार भइरहेको छ भने ४८ लाख ३८ हजार ३२० जना उपचारपछि
निको भएका छन् ।